२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छः अर्थसचिव उपाध्याय

shivam cement
२०८२ माघ १२ गते ११:३३
Shares
भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छः अर्थसचिव उपाध्याय

काठमाडौंः अर्थसचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् । भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताएका हुन् ।

पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मूल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उनले बताए । सोमवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्सार प्रशासनलाई वास्तविक बनाउन भइरहेका पछिल्ला कार्यहरुले राजस्वमा सुधार आउने बताए ।

सचिव उपाध्यायले भने–‘पछिल्लो समयमा भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन सिस्टममा आबद्ध गर्ने, छिमेकी मुलुकसँग एमओयू गरेर जिएसटीको डेटाहरु एक्सचेञ्ज गर्ने काम भएको छ । भन्सार प्रशासनलाई वास्तविक, थप विश्वासिलो, परदर्शी बनाउने र एकद्धार प्रणालीलाई भन्सार विभागले जुन हिसावले अघि बढाएको यो धेरै राम्रो छ ।’

सचिव उपाध्यायले अन्तर भन्सारमा मूलयांकनमा रहेका विविधतालाई अनलाइन सिस्टममार्फत एकरुपता सिर्जना गर्नुपर्ने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर