२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

'चुनावी अभियानमा राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाइयोस्'

shivam cement
२०८२ माघ १३ गते १४:१६
Shares
'चुनावी अभियानमा राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाइयोस्'

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् ।

उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झन्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।

घाँटीमा मालाझैं लगाइएका झन्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् । उनले नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् । 

उनले भनिन्, ‘नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । टोटल ढंगले रोक्नुपर्छ । यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झन्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजबिन गर्नसकिने अवस्था छैन । त्यसैले यो झन्डाको दुरुपयोग भइराखेको कुरालाई टोटल सरकारले रोक्नुपर्छ ।’ 

उनले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर