२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

एमपावरको धितोरहित ऋणले नेपाली विद्यार्थीका लागि खोल्यो शिक्षाको ढोका

shivam cement
२०८२ माघ १३ गते २२:४२
Shares
एमपावरको धितोरहित ऋणले नेपाली विद्यार्थीका लागि खोल्यो शिक्षाको ढोका

काठमाडौं : नेपाली विद्यार्थीहरू अब जग्गा–जमिन धितो राख्नुपर्ने बाध्यताबाट मुक्त हुँदै अमेरिका र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न थालेका छन् । 

वासिङ्टन डी.सी.स्थित फिनटेक कम्पनी एमपावर फाइनान्सिङ कम्पनीले धितो वा अमेरिकामा आधारित जमानी बिना नै एक लाख अमेरिकी डलरसम्म (करिब १ करोड ४४ लाख रुपैयाँ) शैक्षिक ऋण उपलब्ध गराएपछि अन्तर्राष्ट्रिय शिक्षा नेपाली विद्यार्थीहरूका लागि अझ सुलभ बन्दै गएको हो ।

विगतमा बैंकहरूले उच्च मूल्यका सहरी सम्पत्ति धितो माग्दा किसान परिवारका वा ग्रामीण पृष्ठभूमिका धेरै जेहेन्दार विद्यार्थीहरू विदेश अध्ययनबाट वञ्चित हुँदै आएका थिए । अहिले एमपावरको विद्यार्थी–केन्द्रित वित्तीय मोडेलले शैक्षिक क्षमता र भविष्यको आम्दानी सम्भावनालाई आधार बनाएर ऋण उपलब्ध गराइरहेको छ । क्यानडामा बिजनेस डाटा एनालिटिक्स अध्ययनरत सबिना पुनका अनुसार गाउँको जग्गा धितोका रूपमा स्वीकार नहुने भएपछि उनको विदेश अध्ययन अन्योलमा परेको थियो ।

‘एमपावर फाइनान्सिङले मेरो अध्ययन यात्रालाई सहज बनायो । आर्थिक दबाब हटेपछि म पूर्ण रूपमा पढाइमा केन्द्रित हुन सकेँ,’ पुनले भनिन् ।

अनुभवी पेशेवरहरू पनि यस सेवाबाट लाभान्वित भएका छन् । ब्रान्डिस विश्वविद्यालयमा एमबीए अध्ययनरत चार्टर्ड एकाउन्टेन्ट जय भट्टराईले सुरुमा धितोबिना ऋण सम्भव हुनेमा शंका लागेको बताए ।

मोन्टक्लेयर स्टेट युनिभर्सिटीमा डाटा साइन्समा स्नातकोत्तर गरिरहेका रोशन कुमार यादवका लागि यो सहयोगले पारिवारिक चिन्ता कम गरिदिएको छ । ‘सहयोग पत्र प्राप्त भएपछि मैले बुबालाई ढुक्क पार्न सकेँ । त्यसपछि पढाइमा ध्यान दिन सजिलो भयो,’यादवले बताए ।

विदेशमा अध्ययन गर्दा आर्थिक सुरक्षाको आवश्यकता सबैका लागि समान चिन्ताको विषय हो । क्यानडाको भ्यानकुभरमा ऊर्जा व्यवस्थापन क्लबको नेतृत्व गरिरहेका उत्तम खत्रीले समयमै सुरक्षित वित्तीय योजना बनाउनुपर्नेमा जोड दिए ।

परम्परागत बैंकहरूभन्दा फरक ढंगले काम गर्दै एमपावर फाइनान्सिङले विद्यार्थीहरूलाई परिवारको सम्पत्तिभन्दा भविष्यको क्षमताको आधारमा मूल्यांकन गर्दछ । अमेरिका र क्यानडाका ४ सय भन्दा बढी विश्वविद्यालयसँग सहकार्य गरिरहेको कम्पनीले शैक्षिक ऋणसँगै करिअर काउन्सिलिङ कार्यक्रममार्फत करियर परामर्श र रोजगारी तयारीमा पनि सहयोग प्रदान गर्दै आएको छ ।

एमपावर फाइनान्सिङले मुख्यत विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित मा मास्टर्स डिग्री र मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशनगर्न चाहने विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्छ । 

संस्थाका अनुसार यी विषयहरूमा अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ र यसले विद्यार्थीको करियरमा सबैभन्दा राम्रो नतिजा दिन्छ । एमपावर फाइनान्सिङले स्थिर ब्याजदरमा शैक्षिक ऋण उपलब्ध गराउँछ ।

विद्यार्थीको प्रोफाइलको जोखिमको आधारमा ब्याजदर निर्धारण हुन्छ, तर शैक्षिक ऋण स्वीकृत भएपछि यो पूरा १० वर्षको अवधिका लागि स्थिर रहन्छ र परिवर्तन नहुने कम्पनीकी एशोसियट डाइरेक्टर क्लेयर अल्माण्डले बताइन् । 

एमपावर फाइनान्सिङले शैक्षिक ऋण पाउन योग्य विद्यार्थी छनोट गर्न मुख्यतया तीन कुरामा ध्यान दिने एल्माण्डको भनाइ छ । विद्यार्थी एमपावर फाइनान्सिङले सहकार्य गर्ने ५ सय कलेज÷स्कुलमध्ये कुनै एकमा भर्ना भएको हुनुपर्छ ।

विद्यार्थीको शैक्षिक रेकर्ड, टेस्ट स्कोर, कामको अनुभव र भविष्यको करियर योजनालाई महत्त्व दिइन्छ । र विद्यार्थीको हालको क्रेडिट रेकर्डलाई (यदि छ भने) पनि हेरिन्छ । तर नयाँ विद्यार्थीहरूको हकमा क्रेडिट रेकर्ड नहुँदा पनि फरक पर्दैन ।

विगतको सम्पत्तिभन्दा भविष्यको सम्भावनालाई प्राथमिकता दिइँदा नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षा पहिलेभन्दा धेरै पहुँचयोग्य बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर