२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मुक्तिनाथ र उपल्लो मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रहरीको अनुरोध

shivam cement
२०८२ माघ १४ गते ०९:२७
Shares
मुक्तिनाथ र उपल्लो मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रहरीको अनुरोध

काठमाडौँ : मुक्तिनाथसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा लगातार हिमपात भइरहेका कारण सडक अवरुद्ध भएको छ । यसले यात्रामा जोखिम बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले उक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

प्रहरीका अनुसार हिमपातका कारण सडक चिप्लो हुनुका साथै केही स्थानमा बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ, जसले यात्रुहरूको सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अवस्था छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै भनेको छ, “माघ १४ गते मुक्तिनाथसहित उपल्लो मुस्ताङका क्षेत्रहरूमा हिमपात भइरहेको र बाटो अवरुद्ध रहेको हुँदा उक्त क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रुहरू तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।”

प्रहरीले मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी मात्र यात्रा गर्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर