२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

shivam cement
२०८२ माघ १४ गते ०९:३१
Shares
आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ :  विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । 

मन्त्रिपरिषद्ले  माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर