२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

shivam cement
२०८२ माघ १४ गते ०९:४९
Shares
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ :  मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सवारी साधना ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए। निरन्तर हिमपात भइरहेकाले तत्काल  सडक सञ्चालन हुने सम्भावना न्यून छ । 

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत  स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका  प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर