२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बारामा आमा–छोराको हत्या, बुबासहित ३ जना गम्भीर घाइते

shivam cement
२०८२ माघ १४ गते ०९:५४
Shares
बारामा आमा–छोराको हत्या, बुबासहित ३ जना गम्भीर घाइते

काठमाडौँ : बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको छ । घटनामा बुबासहित तीनजना घाइते भएका छन् ।

परवानीपुर गाउँपालिकाका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् ।

बिहान करिब ३ बजेतिर अज्ञात समूह घरमै पसेर स्थानीय मण्डलको परिवारमाथि धारिलो हतियारबाट आक्रमण भएको हो ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर