२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

काठमाडौँ उपत्यकासहित तराई मधेशमा बाक्लो हुस्सु-कुहिरो

shivam cement
२०८२ माघ १५ गते ११:२४
Shares
काठमाडौँ उपत्यकासहित तराई मधेशमा बाक्लो हुस्सु-कुहिरो

काठमाडौँ : काठमाडौँ उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान लागेको बाक्लो हुस्सु-कुहिरोको कारण हवाई उडान प्रभावित भएका छन् । हुस्सु-कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान प्रभावित भएको हो । 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरूमा आज बिहानका उडान डिले भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सु-कुहिरो लागेको हो । वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सु-कुहिरो लागेको हो ।

ताजा खबर

सम्बन्धित खबर