२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम

shivam cement
२०८२ माघ १५ गते १२:३७
Shares
मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम

काठमाडौंः अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताएकी छन् । बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताइन् । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गरिन् । उनले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गरिन् । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताइन् । 

उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारामा हजाराँै जानुहुन्छ । उहाँहरुको स्वास्थ्यको बारेमा पनि फोकस गर्नैपर्छ भन्ने थियो । महिलाहरुको बारेमा महिलाले नबोले कसले बोल्छ रु चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ, ति चार प्रदेशमा एग्रेसिप रुपमा मातृशिशु मृत्युदरको कार्यक्रम लैजानुपर्छ भन्ने मेरो प्राथमिकता थियो । सिस्टमको सुधार पनि प्राथमिकताको विषय थियो । राम्रो गर्ने सन्दर्भमा जहाँ कमजोरी देखिएको थियो, बीमा कार्यक्रममा, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ गर्छु भन्ने थियो ।’

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताइन् । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताइन् ।  

ताजा खबर

सम्बन्धित खबर