२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

'शहीदहरूले दिएको योगदान नेपाली इतिहासको आधारस्तम्भ'

shivam cement
२०८२ माघ १५ गते १३:३३
Shares
'शहीदहरूले दिएको योगदान नेपाली इतिहासको आधारस्तम्भ'

काठमाडौं : शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थान विष्णुमती नदी किनारको शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । शहीद सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा शहीदका सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरिएको हो ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिक स्वतन्त्रता, मानव अधिकार र सुशासनका लागि शहीदहरूले गरेको त्याग बिर्सन नहुने बताइन् । उनले शहीदको बलिदानबाट प्राप्त अधिकार जोगाउन सबै असल नागरिक बन्नुपर्नेमा जोड दिइन् ।

No description available.

“स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण गर्ने सपना देखेर शहीदहरूले प्राण आहुति दिएका हुन् । उनीहरूको त्यागबाट प्राप्त अधिकारको रक्षा गर्न हामी सबै असल नागरिक बन्न जरुरी छ,” उनले भनिन् । डंगोलले विभिन्न राजनीतिक आन्दोलनका शहीदहरूले दिएको योगदान नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गरिन् ।

वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले शहीदको त्यागबाट प्राप्त उपलब्धिको सदुपयोगबारे जनप्रतिनिधिले आत्ममूल्यांकन गर्नुपर्ने बताए । वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले शहीदहरूको सपनामा घात नहुने गरी वर्तमान पुस्ताले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखे ।

No description available.

वि.सं. १९९७ साल माघ १५ गते राणा शासनको विरोध गरेको आरोपमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । उनीहरू प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि प्राण आहुति दिने अग्रपंक्तिका शहीद हुन् ।

शहीद दिवसको अन्तिम दिन शुक्रबार बिहान शान्तिबाटिकाबाट प्रभातफेरी र लैनचौरस्थित शहीद स्मारकमा मुख्य स्मृति सभा आयोजना हुने कार्यक्रम छ ।

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर