२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

काठमाडौँमा सहरी सरसफाइलाई साझा दायित्वका रूपमा कार्यान्वयन गर्न निर्देशन

shivam cement
२०८२ माघ १५ गते १३:३५
Shares
काठमाडौँमा सहरी सरसफाइलाई साझा दायित्वका रूपमा कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी स्वच्छता र सरसफाइको विषयलाई सबै सरोकारवालाको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने स्पष्ट पारेकी छन् । उनले यस क्षेत्रमा कमजोरी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै दोषारोपणभन्दा कार्यान्वयनमा केन्द्रित हुनुपर्ने धारणा राखेकी हुन् ।

महानगर क्षेत्रभित्र फोहर संकलन, वर्गीकरण र ढुवानीको काम गरिरहेका निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा सरसफाइको विद्यमान अभ्यास, त्यसको दीर्घकालीन स्थायित्व र सुधारका नीतिगत तथा व्यावहारिक पक्षबारे विचार-विमर्श गरिएको थियो । सो अवसरमा डंगोलले सडक, गल्ली, चोक, पार्क, ढल प्रणाली, सडक किनारा तथा आवासीय क्षेत्रका ढोकामा समेत फोहर थुप्रिन नदिने व्यवस्था सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिइन् ।

उनले नागरिकसँग प्रत्यक्ष जोडिने सेवा र विषयलाई महानगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताइन् । छलफलमा निजी क्षेत्रका तर्फबाट ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी थिए । उनीहरूले महानगरबाट जारी निर्देशनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलका क्रममा फोहरलाई उत्पत्तिको स्थानमै वर्गीकरण गर्ने, संकलनको समय र प्रक्रिया निश्चित गर्ने तथा संकलन अघि सूचना प्रवाह गर्ने प्रणालीलाई व्यवहारमा उतार्ने विषयमा सहमति भएको जनाइएको छ । यसैबीच, वातावरण विभागका अनुसार घरेलु फोहरसँगै निस्कने सुक्खा फोहरको व्यवस्थापनका लागि महानगरपालिकाले सात क्षेत्रमा विभाजन गरी आय ठेक्का व्यवस्था गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर