२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाने

shivam cement
२०८२ माघ १५ गते १८:०८
Shares
राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते आइतबार जापान भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रपति पौडेल नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान भ्रमणमा जान लागेका हुन् ।

राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ताजा खबर

सम्बन्धित खबर