२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘अस्ट्रेलियन एजुकेसन फेयर’ नेपालभर सम्पन्न

shivam cement
२०८२ माघ १६ गते १९:०१
Shares
‘अस्ट्रेलियन एजुकेसन फेयर’ नेपालभर सम्पन्न

ललितपुर : ग्लोबल एजुकेसन सभसेस प्रालि (ग्लोबल रिच) द्वारा आयोजित ‘अस्ट्रेलियन एजुकेसन फेयर २०२६’ नेपालभरका प्रमुख सहरहरूमा सम्पन्न भएको छ । माघ ९ गते काठमाडौंको होटल र्‍याडिसनबाट सुरु भएको यो फेयर पोखरा, चितवन, बुटवल हुँदै शुक्रबार ललितपुरको कुमारीपाटी शाखामा समापन भएको हो ।

पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको उत्साहजनक उपस्थिति देखिनु यसको विशेष आकर्षण बनेको थियो । मेलाले नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गरेको छ । सहभागीहरूले आफ्नो रुचि र करियर लक्ष्यअनुसार तीन हजारभन्दा बढी कार्यक्रम र पाठ्यक्रमको विस्तृत जानकारी प्राप्त गरेका छन् ।

यस फेयरले केवल सूचना आदान–प्रदानको माध्यम मात्र नभई भिसा प्रक्रिया, अस्ट्रेलियाको शिक्षा नीति, र भविष्यमा रोजगारीका अवसरबारे विशेषज्ञबाट प्रत्यक्ष परामर्श लिन मिल्ने साझा थलोको रूपमा काम गरेको थियो । यसले विद्यार्थीहरूलाई विदेश अध्ययनमा देखिने अनिश्चिततालाई कम गर्न मद्दत गरेको आयोजकहरूले बताएका छन् ।

मेलाको अर्को विशेष पक्ष भनेको प्रतिभाशाली विद्यार्थीहरूका लागि १० देखि १०० प्रतिशतसम्मको छात्रवृत्ति पाउने सुनौलो अवसर र मार्गदर्शन उपलब्ध गराउनु थियो । विगत ३५ वर्षदेखि गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल रिचले यस फेयरमार्फत देशभरका विद्यार्थीहरूको घरदैलोमै अन्तर्राष्ट्रिय शिक्षाको ढोका खोल्ने काम गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर