२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

बागमती नदीमा अवैध उत्खनन, लक्ष्मीपुर–गम्हरिया डुबानको जोखिम

shivam cement
कृष्ण तिवारी
२०८२ माघ १७ गते २१:४८
Shares
बागमती नदीमा अवैध उत्खनन, लक्ष्मीपुर–गम्हरिया डुबानको जोखिम

रौतहट : रौतहटको गढिमाइ नगरपालिका–३ लक्ष्मीपुरस्थित बागमती नदीबाट अवैध रूपमा दैनिक सयौं ट्र्याक्टर ढुंगा, गिट्टी र बालुवा उत्खनन भइरहँदा लक्ष्मीपुर र गम्हरिया क्षेत्र डुबानको उच्च जोखिममा परेको छ । 

स्थानीयका अनुसार बागमती नदीमा लामो समयदेखि मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन हुँदै आएको छ । जथाभावी ढुंगा, गिट्टी र बालुवा निकालिँदा नदीको प्राकृतिक बहाव अवरुद्ध हुने, धार परिवर्तन हुने र वर्षायाममा बस्ती डुबानमा पर्ने खतरा बढ्दै गएको उनीहरूको गुनासो छ। यसबाट लक्ष्मीपुर र गम्हरिया क्षेत्रका बस्ती, खेतबारी तथा भौतिक पूर्वाधार जोखिममा परेको स्थानीयले बताएका छन् । 

यसैबीच रौतहट क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार दास तत्माले बागमती नदीमा भइरहेको अवैध उत्खनन तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

उम्मेदवार दासले अवैध उत्खननका कारण वातावरणीय क्षति बढ्नुका साथै स्थानीय बासिन्दाको जनजीवन र सुरक्षामा गम्भीर असर परेको उल्लेख गर्दै कानुनी मापदण्डअनुसार मात्र नदीजन्य पदार्थ संकलन गर्न र अनुगमन कडा बनाउन माग गरेका छन् । समयमै नियन्त्रण नगरे ठूलो डुबान र क्षति हुन सक्ने चेतावनीसमेत उनले दिएका छन् । 

स्थानीय बासिन्दाले पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र तत्काल कारबाहीको माग गरेका छन् । अवैध उत्खनन नरोकिए आगामी दिनमा ठूलो विपद् आउन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर