२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अन्टार्टिकामा दौरा सुरुवालमा दौडेर जोशीले कीर्तिमान कायम गरे

shivam cement
२०८२ माघ १८ गते ०७:२६
Shares
अन्टार्टिकामा दौरा सुरुवालमा दौडेर जोशीले कीर्तिमान कायम गरे

टेक्सास(अमेरिका) : नेपाली मूलका अमेरिकी धावक बाल जोशीले अन्टार्टिकामा आयोजित म्याराथन दौरा सुरुवालमा दौडेर पुरा गरी कीर्तिमान कायम गरेका छन् ।

जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिवार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन दौरा सुरुवालमा दौडेर कीर्तिमान कायम गरेका हुन् ।

यसअघि दौरा सुरुवालमा अन्टार्टिकामा म्याराथनमा दौडिएको रेकर्ड छैन् । अन्टार्टिकाको हिउँमा दौरा सुरुवालमा दौडिनु असंभव मानिएको यो दौड उनले सहजै पुरा गरेको बताए ।

अन्टार्टिकाको कठ्यांग्रिदो माईनस २० डिग्री तापक्रममा शनिवार विहान जोशीले ४२ किमी लामो म्याराथन पुरा गरे । नेपाली पोशाकमा अन्टार्टिकाको हिउँमा कुदेका जोशीले अन्त्यमा अमेरिकी र नेपाली झण्डा फहराएका थिए ।

अन्टार्टिकाको समय अनुसार बिहान ३ बजे म्याराथन सुरु भएको थियो । सात उद्देश्य सहित सात महादेशमा सात दिन लगातार सञ्चालन हुने भएकोले यो म्याराथनलाई ‘७७७ म्याराथन’ भनिन्छ । ‘७७७ म्याराथन’ को पहिलो श्रृंखलामा जोशी सहित ३२ देशका ५६ धावक सहभागी छन् ।

२०१५  देखि हरेक वर्ष सञ्चालन हुदै आएको यो म्याराथन अत्यन्त चुनौतीपूर्ण मानिन्छ । नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचारका लागि वर्ल्ड म्याराथनमा दौरा सुरुवालमा दौडिएको जोशीले बताए ।

अन्टार्टिकाको म्याराथन पुरा गरेर अफ्रिकाको केप टाउन पुगेका जोशी १ फेब्रअरी (आईतवार)त्यहाँ सञ्चालन हुने म्याराथनमा दौडिनेछन् । अन्टार्टिकाबाट सुरु भएको म्याराथन सातौ दिनमा अमेरिकाको मायामीमा समापन हुनेछ ।

अन्टार्टिकामा पहिलो (३१ जनवरी), अफ्रिकाको केप टाउनमा दोस्रो आईतवार आज (१ फेब्रुअरी), अष्ट्रेलियाको पर्थमा तेस्रो (२ फेब्रुअरी) एसियाको दुबईमा चौथो (३ फेब्रुअरी), स्पेनको म्याड्रिडमा पाँचौं (४ फेब्रुअरी) ब्राजिलमा छैठौं (५ फेब्रुअरी) र अमेरिकाको मायामीमा सातौ तथा अन्तिम म्याराथन (६ फेब्रुअरी) मा सञ्चालन हुनेछ ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् ।

ताजा खबर

सम्बन्धित खबर