२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औं स्थापना दिवसमा मुख्य सचिवसहित विशिष्ट व्यक्तित्व सम्मानित

shivam cement
२०८२ माघ १८ गते २१:५७
Shares
अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औं स्थापना दिवसमा मुख्य सचिवसहित विशिष्ट व्यक्तित्व सम्मानित

काठमाडौं : अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औं स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । बौद्धस्थित अरुणिमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा, प्रशासन, सञ्चार तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी तथा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानालगायतले सम्मान प्रदान गरेका थिए । शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले अरुणिमामार्फत सञ्चालित शैक्षिक संस्थाहरूका कार्यक्रम र तिनको प्रभावकारिताबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वको रूपमा सम्मान गरिएको थियो । साथै शिक्षक हर्ष नारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई २० वर्षे दीर्घ सेवा सम्मानद्वारा अभिनन्दन गरिएको थियो । 

त्यसैगरी विद्यालयको प्रथम ब्याच (२०५१) का एस.एल.सी. स्नातक प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 

सम्मानित व्यक्तित्व तथा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अरुणिमाले गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गरे । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अरुणिमासँग आबद्ध अग्रजहरूसँगको साक्षात्कारले आफ्नो कार्यसम्पादनमा थप हौसला मिलेको बताएका थिए ।

अरुणिमा अलम्नाईका अध्यक्ष तथा अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सभ्य समाज निर्माणमा गुणस्तरीय शिक्षाको भूमिकाबारे प्रकाश पारेका थिए । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले अरुणिमा गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समयसापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गर्दै स्थापना दिवसलाई थप भव्य बनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर