२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक हुन्छ : प्रधानमन्त्री कार्की

shivam cement
२०८२ माघ १९ गते १४:३६
Shares
निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भूमिका संवेदनशील र निर्णायक हुने बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको तथ्य पनि स्मरण गराइन् ।

उनले आसन्न निर्वाचन नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नुपर्ने समेत बताइन् । प्रधानमन्त्री कार्कीले निर्वाचनमा कुनैपनि नागरिक घाइते हुन नहुनेतर्फ पनि प्रहरीलाई सचेत गराइन् ।

प्रधानमन्त्री कार्कीले प्रहरीलाई कुनैपनि राजनीतिक दबाब, प्रभाव र पूर्वाग्रहभन्दा माथि उठेर काम गर्न पनि निर्देशन दिइन् ।

ताजा खबर

सम्बन्धित खबर