२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

झापा-५ मा कुनै गठबन्धन नहुने कांग्रेसको प्रस्टीकरण

shivam cement
२०८२ माघ २१ गते १२:३३
Shares
झापा-५ मा कुनै गठबन्धन नहुने कांग्रेसको प्रस्टीकरण

काठमाडौँ : नेपाली कांग्रेसले झापा-५ निर्वाचन क्षेत्रमा अन्य दलसँग चुनावी सहकार्य हुने भन्ने चर्चा निराधार भएको बताएको छ । पार्टीका अनुसार सामाजिक सञ्जालमार्फत फैलाइएका सूचनाले मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको छ, जसको कुनै आधार छैन ।

झापा क्षेत्रीय समितिका सभापति ढुण्डिराज भण्डारीले जारी गरेको विज्ञप्तिमा गलत उद्देश्य राखेका व्यक्तिहरूले कपोलकल्पित सामग्री प्रसार गरेको उल्लेख गर्दै यस्ता हल्लाबाट सतर्क रहन आग्रह गरिएको छ । विज्ञप्तिमा कांग्रेसको आधिकारिक धारणा पुनः स्मरण गराउँदै निर्वाचनअघि गठबन्धन नगर्ने विषयमा पार्टी नेतृत्वको सार्वजनिक प्रतिबद्धता यथावत् रहेको स्पष्ट पारिएको छ ।

पार्टीले आफ्ना शुभेच्छुक र कार्यकर्तालाई अप्रमाणित सूचनाको पछि नलाग्न तथा निर्वाचनमा काँग्रेसको चुनाव चिह्न ‘रुख’ मा मतदान गर्न अनुरोध गरेको छ । झापा-५ मा काँग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रको प्रतिस्पर्धामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह तथा नेकपा (एकीकृत समाजवादी) बाट रञ्जित तामाङ समेत उम्मेदवारका रूपमा मैदानमा छन् ।

ताजा खबर

सम्बन्धित खबर