२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देशी, विदेशी शक्तिहरुले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः ईश्वर पोखरेल

shivam cement
२०८२ माघ २१ गते १४:०५
Shares
देशी, विदेशी शक्तिहरुले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः ईश्वर पोखरेल

काठमाडौंः नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन् । 

बुधवार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । नेता पोखरेलले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी समेत गरे । 

उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरुले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको समेत बताए । त्यस अवसरमा वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पुर्‍याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताए । नेता पोखरेलले जेनजी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताए ।

ताजा खबर

सम्बन्धित खबर