२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रौतहटका चारै निर्वाचन क्षेत्रमा सेना परिचालन

shivam cement
कृष्ण तिवारी
२०८२ माघ २१ गते १६:५६
Shares
रौतहटका चारै निर्वाचन क्षेत्रमा सेना परिचालन

रौतहट : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । बुधबारदेखि लागू हुने गरी संसदीय निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ मा नेपाली सेना खटाइएको हो ।

गौरस्थित पुरेनवा नारायणदल गणबाट मेजर (सेनानी) को कमाण्डमा प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक गुल्म फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । एक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था रहेको नारायणदल गणले जानकारी दिएको छ ।

नेपाली सेनाका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको हो । मतदान प्रक्रिया मात्र नभई मतगणना सम्पन्न भई अन्तिम परिणाम घोषणा नहुन्जेलसम्म सेना आफ्नो कार्यक्षेत्रमै रहने बताइएको छ ।

रौतहट जिल्ला राजनीतिक रूपमा मधेश प्रदेशकै संवेदनशील जिल्ला मानिन्छ । विगतका चुनावहरूमा यहाँ विभिन्न दलबीच तनाव, झडप, धाँधलीको आशंका र सुरक्षा चुनौती देखिने गरेका कारण राज्यले सुरक्षा संयन्त्रलाई बलियो बनाउने रणनीति अपनाएको देखिन्छ । सेना परिचालनले सम्भावित हिंसात्मक गतिविधि रोक्न मनोवैज्ञानिक प्रभाव पनि पार्छ ।

सेनाले अति संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति देखाउने, आवश्यक परेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने, मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षा मजबुत पार्नेलगायतका कार्य गर्ने छ ।

ताजा खबर

सम्बन्धित खबर