२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ : प्रचण्ड

shivam cement
२०८२ माघ २२ गते ११:०३
Shares
कसैसँग गठबन्धन नगरेरै पहिलो पार्टी बन्छौ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने बताएका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने उनको दाबी छ । प्रचण्डले भने, ‘प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं ।’

अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर