२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’

shivam cement
२०८२ माघ २२ गते ११:०६
Shares
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’

काठमाडौँ : नेकपा एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन् । आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन् ।

पोखरेल काठमाडौँ-५ बाट उम्मेदवार छन् । उनी २०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका छन् ।

पोखरेलले बिहीबार बिहान फेसबुकमार्फत सुझाव माग्दै नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।

‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु,’ पोखरेलले भनेका छन्, ‘तपाईँको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।’

ताजा खबर

सम्बन्धित खबर