२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एकै चरणमा निर्वाचन गरेर निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र घर फर्कन्छौं : प्रधानमन्त्री

shivam cement
२०८२ माघ २२ गते १७:५३
Shares
एकै चरणमा निर्वाचन गरेर निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र घर फर्कन्छौं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । उनले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन् । निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरु घर फर्किने उनको भनाइ छ । 

उनले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटी हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौं र आफ्नो घर जान्छौं ।’

उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भूमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गरिन् ।

ताजा खबर

सम्बन्धित खबर