२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छः आयोग

shivam cement
२०८२ माघ २२ गते १८:२८
Shares
निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छः आयोग

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् ।

उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए । उम्मेदवारहरुले स्पष्टिकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने बताए ।

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको  मतपत्र छपाई कार्य जारी छ । हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाई भइ ५ हजार ८ सय २५ बाकस प्याकिङ्ग भइसकेको आयोगले जानकारी दिएको छ । जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।  

ताजा खबर

सम्बन्धित खबर