२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सिटिजन लाइफको ‘मिड–बिजनेस स्टाटेजी कन्फ्रेन्स’

Nada
२०८२ माघ २२ गते २०:५९
Shares
सिटिजन लाइफको ‘मिड–बिजनेस स्टाटेजी कन्फ्रेन्स’

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले चारदिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो । सहभागीहरूलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोली भाव अभिवृद्धि गर्ने अवसरसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

ncell

कम्पनीको मध्यावधि व्यावसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए ।

कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल भएको कम्पनीले जनाएको छ । 

सम्मेलनको मुख्य आकर्षणका रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म शतप्रतिशत व्यावसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका सेवालाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल भएको थियो ।

कम्पनीले आगामी दिनमा पनि नवीनतम डिजिटल सेवा विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यावसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।

uae

सम्बन्धित खबर