२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ माघ २३ गते ११:१०
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर