२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

shivam cement
२०८२ माघ २४ गते ०८:०२
Shares
दौरा सुरुवालमा दौडेर जोशीले लेखाए गिनिज बुकमा नाम

मायामीः नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे । अन्टार्टिकाबाट सुरु भएको म्याराथ अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुँदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

अत्यन्त चुनौतीपूर्ण मानिने  ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुँदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी भएको बताए । दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।

सम्बन्धित खबर