२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

shivam cement
२०८२ माघ २५ गते १७:०६
Shares
नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

काठमाडौं : आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।

इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा ह्यारी ब्रुक्सले पनि ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा १-१ विकेट रह्यो ।

सम्बन्धित खबर