
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर दुई हजार ६६२ को बिन्दुमा कायम भएको हो ।
आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ ०.०९, विकास बैङ्क १.१५, वित्त ०.९२, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.२५ र लगानी समूह ०.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन ०.६५, लघुवित्त ०.४९, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको १५ लाख ३० हजार ८८८ कित्ता शेयर किनबेच भएको छ ।