
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल पे कार्ड जारी गर्ने भएको छ । बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट कार्ड स्किमअन्तर्गत ‘नेसनल पेमेन्ट कार्ड’ सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा एलसिएचका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौतासँगै सिटिजन्स बैंक एलसिएचको भुक्तानी इकोसिस्टम फ्रेमवर्कभित्र ‘नेसनल पेमेन्ट कार्ड’ जारी गर्ने पहिलो बैंक बनेको छ ।
यस सम्झौतापछि सिटिजन्स बैंकका एटिएम तथा पोस टर्मिनलहरूमा नेसनल पेमेन्ट कार्डसँगै भिसा, मास्टरकार्ड तथा युनियन पेजस्ता अन्तर्राष्ट्रिय कार्ड पनि स्वीकार गरिने जनाइएको छ । साथै, बैंकका ग्राहकहरूले छिट्टै एलसिएचद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किमअन्तर्गत नेसनल पेमेन्ट कार्ड प्राप्त गर्न सक्नेछन् ।