
काठमाडौं : स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा नयाँ एआई–ड्रिभन प्रविधि भित्र्याउने संकेत गर्दै टिजरहरूको एक शृंखला सार्वजनिक गरेको छ । नेपाली प्रविधि प्रेमीहरूमाझ नयाँ उत्साह र कौतुहलता जगाउँदै उक्त टिजर सार्वजनिक गरेको हो ।
आधिकारिक विवरण गोप्य राखिए पनि सार्वजनिक भएका जानकारीले स्मार्टफोनको डिस्प्ले इन्टेलिजेन्स र अन–डिभाइस एआईमा ठुलो परिवर्तन आउन लागेको संकेत गरेको छ । सामसङले यसपटक विशेषगरी ‘इन्टेलिजेन्ट डिस्प्ले लेयर’मा केन्द्रित रहेर दैनिक प्रयोगलाई अझ स्मार्ट र सहज बनाउने योजना अघि सारेको देखिन्छ ।
अन–डिभाइस एआईद्वारा सञ्चालित यो प्रविधिले मोबाइलको कन्टेन्टलाई रियल टाइममा गतिशील रूपमा अनुकूलन गर्ने क्षमता राख्छ । यसले प्रयोगकर्ताहरूले विभिन्न परिस्थितिमा स्क्रिन कसरी हेर्छन् र अन्तक्र्रिया गर्छन् भन्ने अनुभवलाई पूर्ण रूपमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
टिजरमा देखिएको अर्को पक्ष भनेको एआईमा आधारित प्राइभेसी फिचर र चर्चित ‘नाइटोग्राफी’मा हुन लागेको सम्भावित अपग्रेड हो । नेपालमा ग्यालेक्सी फ्ल्यागसिपको सफलतालाई ध्यानमा राख्दै सामसङले चाँडै नै यो नयाँ स्तरको इन्टेलिजेन्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।