मध्यान्ह संवाददाता
काठमाडौं, २८ वैशाख । पछिल्लो नौ महिनामा मुलुक भित्र सवा सात खर्व रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदार बढेसँगै नेपाल भित्रने रेमिट्यान्स रकम समेत वृद्धि भएको हो ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ७ खर्ब २४ अर्ब ७४ करोड रूपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको अवस्थामा चालु आवको नौ महिनाको अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको बैंकले जनाएको छ ।
नौ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि सस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणको श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको भन्दै राष्ट्र बंैकले २ लाख ५६ हजार ३१ जनाको श्रम स्वीकति भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै रेमिट्यान्स घटेकोमा गत फागुनदेखि सुधार हुन थालेको थियो । चैतमा पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख सुधार भएपनि गतवर्षको तुलनामा कम रहेको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies