२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

Nada
२०८२ माघ २९ गते १३:३९
Shares
रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् ।

ncell

उनले भनेका छन्, ‘भैपरी आउन सक्ने परिस्थितिहरूलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ । भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?’ 

उनले आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसकिने र अन्ध भक्ति गर्न नचाहेको बताएका छन् । 

‘सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन् ।

अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गएकोप्रति असन्तुष्ट जनाएका छन् । 

उनले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्ध भक्ति गर्न पनि नचाहेको पत्रमा उल्लेख गरेका छन् ।

‘प्राइमरी चुनावमा सधैँ ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, उनले लखेका छन्, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो ।’

uae

सम्बन्धित खबर