काठमाडौंः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक चुनावको अघिल्लो दिन बिहीबार दोहोरो अंकले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ६४ अंकले ओरालो लागेर दुई हजार ३ सय ५० दशमलब ४२ मा ओर्लेको हो ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब ७० अंकले घटेर ४ सय ५३ दशमलब ९६ मा पुगेको छ । कूल २ सय २८ कम्पनीको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता सेयर दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७३ मूल्यमा खरिद बिक्री भए । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये बिहीबार दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर ओरालो लागेको छ । उत्पादन ८० दशमलब २५ र अन्य उपसमूह ७ दशमलब ३९ अंकले उकालो लागेको छ ।
त्यस्तै बैंकिङ १ दशमलब ७३, व्यापार २९ दशमलब ५६, होटल तथा पर्यटन ३४ दशमलब ७७, विकास बैंक ८९ दशमलब ०२, जलविद्युत् ५३ दशमलब ७२, वित्त ९ दशमलब ९, निर्जीवन बीमा ८३ दशमलब ३८, लघुवित्त ७४ दशमलब ५७, जीवन बीमा २ सय ५७ दशमलब १४, सामूहिक लगानी कोष ० दशमलब १८ र लगानी १ दशमलब ३७ अंकले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies