२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालनसम्बन्धी ३४ बुँदे निर्देशन जारी

shivam cement
२०८२ माघ २९ गते १४:२२
Shares
नेपाली कांग्रेसद्वारा निर्वाचन परिचालनसम्बन्धी ३४ बुँदे निर्देशन जारी

काठमाडौँ : नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका-०८२’ शीर्षकमा ३४ बुँदे परिपत्र जारी गरेको छ । बिहीबार पार्टी मातहतका संरचनामा पठाइएको उक्त निर्देशनमार्फत संगठनात्मक एकता र सक्रिय परिचालनमा जोड दिइएको छ ।

परिपत्रमा पार्टीभित्र रहेका आन्तरिक मतभेदलाई पछाडि राखी सबै तह र पंक्तिलाई निर्वाचन अभियानमा समन्वित रूपमा अघि बढ्न आग्रह गरिएको छ । निर्वाचनको सन्दर्भमा पार्टीको पक्षमा अनुकूल वातावरण निर्माण हुँदै गएको उल्लेख गर्दै त्यसलाई संस्थागत उपलब्धिमा रूपान्तरण गर्न संगठित प्रयास आवश्यक रहेको जनाइएको छ ।

निर्देशनमा विगतमा सम्पन्न कार्य र नीति-कार्यक्रमलाई आधार बनाएर मतदातासमक्ष प्रस्तुत हुने संस्कार विकास गर्नुपर्ने विषय पनि समेटिएको छ । उपलब्धि र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गर्ने राजनीतिक अभ्यासलाई सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ ।

उक्त परिपत्रले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित र परिणाममुखी बनाउन संगठनका सबै तहमा समन्वयात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

सम्बन्धित खबर