२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

गोदावरीमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट

shivam cement
२०८२ माघ २९ गते २२:४१
Shares
गोदावरीमा खुल्यो अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीसहितको लगानीमा ललितपुरको गोदावरीमा बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

अमेरिकी अन्तर्राष्ट्रिय होटल चेन बेस्ट वेस्टर्न प्लसअन्तर्गत रहेको रिसोर्ट करिब १ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ११ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टमा ८३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, मिटिङ हल, स्विमिङ पुल, रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टरलगायतका अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिएको छ ।

May be an image of one or more people and text

रिसोर्टको उद्घाटन गर्दै मन्त्री सिन्हाले वर्तमान सरकार पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ भन्ने मान्यतामा रहेको भन्दै निजी क्षेत्रको ठुलो लगानीमा रिसोर्ट सञ्चालनमा आउनु सुखद् रहेको बताए ।

रिसोर्टमा नेपाल वैदेशिक रोजगार व्यवसायीका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष दलवीर भण्डारी, विजय मल्ल, डा. कुसेन्द्रबहादुर महत, कल्याण जोशी, मदनलाल जोशी, युवराज श्रेष्ठ, रारा केसी, श्याम सिलवाल, नेत्र चटौतलगायत ३५ जना शेयरधनीको लगानी रहेको बताइएको छ ।

May be an image of one or more people, suit and text that says 'Traveller'

May be an image of one or more people and text that says 'Traveller O Aglo'

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

May be an image of one or more people, dais and text

May be an image of text that says ', Traveller'

No photo description available.

May be an image of dessert and text

May be an image of one or more people and text that says 'Traveller Grao'

ताजा खबर

सम्बन्धित खबर