२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

लालबन्दी महोत्सव चैत ४ गतेदेखि

shivam cement
घनश्याम बलम्पाकी
२०८२ फागुन २९ गते १५:४७
Shares
लालबन्दी महोत्सव चैत ४ गतेदेखि

सर्लाही : सर्लाहीको लालबन्दीमा तेस्रो लालबन्दी महोत्सव आगामी चैत ४ गतेदेखि सुरु हुने भएको छ । 'आर्थिक समृद्धि र स्वरोजगारको आधार, कृषि पर्यटन, उद्योग र व्यापार' भन्ने मूल नाराका साथ स्थानीय कला, संस्कृति, कृषि, व्यापार र पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । 

लालबन्दी–९ बस्तिपुरस्थित भुदेव खाद्य उद्योगको परिसरमा महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका संयोजक दिपेन्द्र बलम्पाकीले जानकारी दिए । उनका अनुसार महोत्सव चैत १५ गतेसम्म चल्ने छ । 

महोत्सव अवधिभर विभिन्न व्यापारिक स्टलहरू राखिने, स्थानीय कृषि उत्पादनको प्रदर्शनी गरिने तथा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने उनले बताए । महोत्सवमा करिब १ सय ५० स्टल रहने पनि उनले जानकारी दिए ।

यस्तै, महोत्सवमा मनोरञ्जनात्मक खेलकुद, बालउद्यान, खानाका परिकारका स्टल लगायतका कार्यक्रमहरू पनि समावेश गरिने बताइएको छ । महोत्सवले स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको लालबन्दी उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोले जानकारी दिए । उनका अनुसार महोत्सव अवधिभर १ लाख २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवबाट करिब एक करोड आम्दानी हुने अनुमान गरिएको छ ।

महोत्सव अवलोकनका लागि जिल्लाभित्र तथा बाहिरबाट ठुलो संख्यामा दर्शक आउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार महोत्सव सफल बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था तथा व्यवसायीहरूको सहकार्य रहने छ ।

ताजा खबर

सम्बन्धित खबर