२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विकास निर्माणका कामहरुको अनुगमनमा खटिए प्रमुख प्रशासकीय अधिकृत शर्मा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २५ गते २२:०५
विकास निर्माणका कामहरुको अनुगमनमा खटिए प्रमुख प्रशासकीय अधिकृत शर्मा

अर्घाखाँची : नेपालकै ठूलो नगरपालिका शितगंगा नगरपालिकाभित्र निर्माण सम्पन्न भएका तथा निर्माण भइरहेका कामको अनुगमनलाई तीव्रता दिइएको छ ।

असार  अगावै सम्पन्न गर्नुपर्ने योजनाहरु गुणस्तरीय भए/नभएको अनुगमन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा प्राविधिक इन्जिनियर योजना अधिकृतलाई लिएर फिल्डमा नाप, नक्सा गर्न खटिएका छन् ।  

शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाट  संयोजक रहेको अनुगमन समितिले योजना अनुगमनलाई तीव्रता दिएका बेला प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीको टिम पनि जनप्रतिनिधिसँग योजना अनुगमन गर्दै नगरपालिकाको  लागत स्टमेट अनुसार काम भए/नभएको, गुणस्तरीय काम भए÷नभएको बारेमा जानकारी लिनका लागि स्थलगत रुपमा अनुगमन गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । 

अनुगमनका क्रममा कमसल काम भएको पाइएमा भुक्तानी रोकिने र दोश्रो पटक काम गर्न लगाउने गरी  पहिलादेखि नै अनुगमन गर्ने गरिएको उनको दावी छ । उनले भने, ‘अहिले हामीले योजनाहरुको अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा कमसल काम गरेको देखिएमा कारवाही प्रक्रिया अगाडि बढाउँछौं । भुक्तानी दिने त कुरै छैन राज्यको सम्पत्ति सहि ठाउँमा सदुपयोग होस् काम गुणस्तरीय होस भन्ने उदेश्य कार्यालय प्रमुखको हुन्छ ।’

स्थानीयस्तरमा हुने विकास निर्माणका कामहरु गुणस्तरहीन न हुने गरेको गुनासो बढेका बेला नगरपालिकाले योजना अनुगमनलाई तीव्रता दिएको  नगरपालिकाका योजना अधिकृत नुमलाल  खनालले बताए ।

खनालले भने, ‘नगरपालिकाले गरेको काम गुणस्तरीय हुन्छ, टिकाउ हुन्छ, भन्ने कुरा पुष्टि गर्नका लागि पनि  योजनाहरु गुणस्तरीय र दिगो बनाउनुपर्छ ।’

नगरपालिकाबाट अनुगमन हुन्छ, काम नभएको र कमसल भएको भए भुक्तानी हुँदैन भन्ने कुरा काम गर्नेलाई पनि मनमा लागोस् भन्ने आभाष दिलाउने गरी अनुगमन भइरहेको खनालको भनाइ छ । नगरपालिकाका सबै वडामा अनुगमन कार्य भइरहेकाले सबै ठाउँमा आफुहरु पुग्ने योजना बनाएको खनालको दावी छ । शुक्रबार मात्रै शितगंगा नगरपालिका वडा नम्बर ८ का विभिन्न १ दर्जन योजना, वडा नम्बर ९ का योजना, वडा नम्बर ११ का दर्जनौं योजनाहरु प्राविधिकसहित पुगेका कार्यालय प्रमुख, स्थानीय वडा अध्यक्ष जनप्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको हो । 

नगरपालिकाको कर्मचारीले नै प्राविधिक लगेर नापजाँच गर्न थालेपछि शितगंगाका विकट वडाहरुमा समेत अहिले गुणस्तरीय काम हुने गरेको स्थानीय गणेश पुलामीले बताए ।  नगरपालिकाबाट खटिएको टोलीले सिफारिस नगरेसम्म नगरपालिकाबाट भुक्तानी नदिने गरी कार्यालय प्रमुखले नियम बनाएपछि शितगंगामा विकासका कामहरु गुणस्तरीय हुने गरेको स्थानीयको बुझाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise