२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्र बनाऔँः सभामुख अर्याल

Nada
२०८२ चैत २३ गते १५:०८
Shares
संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्र बनाऔँः सभामुख अर्याल

काठमाडौंः सभामुख डोलप्रसाद अर्यालले संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

ncell

प्रतिनिधि सभाको सोमवारको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसदलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए । 

उनले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गरे । सभामुख अर्यालले नयाँ पुस्ता, विशेषगरी जेन–जी युवा तथा आम नागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरूमा रहेको स्पष्ट पारे ।  

uae

सम्बन्धित खबर