
काठमाडौं : ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सिएफमोटो नेपालले देशका विभिन्न प्रमुख सहरहरूमा जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको जनाएको छ । यस पहलमार्फत देशभरका सिएफमोटो प्रयोगकर्तालाई सहज पहुँच, भरपर्दो सेवा र सस्तो मर्मत सुविधा प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सिएफमोटोले काठमाडौं उपत्यकाभित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गर्दै सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको बताइएको छ ।
कम्पनीले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरका तालिम कार्यक्रममा समेत सहभागिता जनाउँदै आएको जनाएको छ ।
हाल सिएफमोटोका जेनुइन स्पेयर पार्ट्स बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरा र नेपालगञ्जलगायत सहरहरूमा उपलब्ध छन् । काठमाडौं उपत्यकाभित्र भने कालोपुलस्थित सिएफमोटो सेवा केन्द्र, बुद्धनगरस्थित काठमाडौं अटो क्लिनिक तथा सल्लाघारीस्थित राइडर्स ग्रुपमार्फत सेवा प्रदान भइरहेको छ ।
यस विस्तारसँगै कम्पनीले जेनुइन तथा उच्च गुणस्तरका स्पेयर पार्ट्स, पारदर्शी र प्रतिस्पर्धी मूल्य, छिटो तथा प्रभावकारी सेवा र सहज स्वामित्व अनुभव सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । देशभर स्पेयर पार्ट्सको पहुँच विस्तारले ग्राहकको समय बचत गर्नुका साथै मर्मत सेवालाई अझ सरल बनाउने विश्वास कम्पनीको छ ।
हालै आयोजित ‘सिएफमोटो २५० डुअल ईएफआई’ सार्वजनिक कार्यक्रममा कम्पनीका एक प्रतिनिधिले नेपालभरका प्रयोगकर्तालाई सहज, भरपर्दो र किफायती आफ्टर–सेल्स सेवा उपलब्ध गराउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार स्पेयर पार्ट्सको उपलब्धता विस्तार ‘ग्राहक पहिलो’ रणनीतिको महत्वपूर्ण हिस्सा हो ।
अन्तर्राष्ट्रिय स्तरमा परिचित मोटरसाइकल निर्माता सिएफमोटो उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र प्रिमियम डिजाइनका लागि चिनिन्छ । नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै कम्पनीले उत्पादन नवप्रवर्तन र सेवा उत्कृष्टतामा निरन्तर लगानी गर्दै आएको छ ।