२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ललितपुरमा लेखापढी व्यवसायी पक्राउप्रति आपत्ति, सेवा ठप्प गर्ने चेतावनी

Nada
२०८२ चैत २३ गते १६:३३
Shares
ललितपुरमा लेखापढी व्यवसायी पक्राउप्रति आपत्ति, सेवा ठप्प गर्ने चेतावनी

ललितपुर : भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर परिसरबाट लेखापढी व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाइ समितिले कडा आपत्ति जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त कदमप्रति भर्त्सना गरेको हो ।

ncell

गत चैत २२ गते सेवाग्राहीको काममा संलग्न लेखापढी व्यवसायीहरूलाई ‘बिचौलिया’को आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, जावलाखेल लगिएको थियो ।

समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार पक्राउ परेका सबै व्यवसायी नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० तथा लेखापढी व्यवसायीसम्बन्धी नियमावली २०५१ अनुसार आधिकारिक प्रमाणपत्र प्राप्त पेशाकर्मी हुन् । कानुनी अनुमति लिएर भू–सेवा केन्द्रमार्फत सेवा दिइरहेका व्यवसायीहरूलाई आधारविहीन रूपमा ‘बिचौलिया’को आरोपमा पक्राउ गर्नु पेशागत मर्यादा र संवैधानिक अधिकारमाथिको उल्लंघन भएको समितिको ठहर छ ।

घटनाको विरोधस्वरूप समितिले तत्कालका लागि सम्पूर्ण लेखापढी व्यवसायीहरूलाई काम बन्द गर्न निर्देशन दिएको छ । साथै, अनलाइनमार्फत सञ्चालन हुँदै आएका भू–सेवा सम्बन्धी सबै सेवा समेत पूर्ण रूपमा रोक्न आह्वान गरिएको छ ।

समितिको निर्णयविपरीत कसैले व्यक्तिगत रूपमा सेवा सञ्चालन गरे संस्थागत विधानअनुसार कारबाही गरिने र कुनै सहयोग उपलब्ध नगराइने चेतावनी पनि दिइएको छ ।

एसोसिएसनले पेशागत सुरक्षा र सम्मानको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । यस अवस्थाले मालपोत र नापी कार्यालयमा सेवा लिन आउने सर्वसाधारण भने प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।

No description available.

uae

सम्बन्धित खबर