
काठमाडौंः गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रमा गृहमन्त्री सुधन गुरुङ समेत पुगेका थिए । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्य सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो ।