२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

देउवाले गभर्नर बनाउन सकेनन्, बालेनले बनाए योजना आयोगको उपाध्यक्ष

Nada
२०८२ चैत २४ गते १४:१०
Shares
देउवाले गभर्नर बनाउन सकेनन्, बालेनले बनाए योजना आयोगको उपाध्यक्ष

काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । 

ncell

डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थिए । उनलाई गभर्नर नियुक्त गर्न कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले निर्देशकबाट राजीनामा गराएका थिए ।

कांग्रेस सभापति देउवाले उनलाई गभर्नर नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर दबाब दिएका थिए । ओलीले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. भट्टको राजीनामा स्वीकृत नभएको कारण देखाउँदै उनलाई गभर्नर बनाउन अस्वीकार गरे । 

गभर्नरको दौडमा डेपुटी गभर्नर निलम ढुंगाना आफै प्रतिस्पर्धी थिइन् । त्यसैले उनले भट्टको राजीनामा स्वीकृत गरिनन् । महिनौंसम्म यो विवाद चलिरहेपछि तत्कालीन सत्ता साझेदार दलहरु कांग्रेस र एमालेले मध्यमार्गी बाटो निकाले । उनले अर्को नाम प्रस्ताव गर्न आग्रह गरेपछि कांग्रेसले वैकल्पिक उम्मेदवारका रुपमा डा विश्व पौडेललाई अघि सार्‍यो । फलस्वरुपः ६ जेठ २०८२ मा गभर्नर सिफारिस समितिकै सदस्य डा पौडेल गभर्नर नियुक्त भएका थिए । जबकी पौडेल गभर्नर बन्न इच्छुक थिएनन् । 

डा पौडेलको रुचि गभर्नरभन्दा ज्यादा योजना आयोगको उपाध्यक्षमा थियो । ओलीपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति थियो । सोही अनुसार, देउवा सरकारको योजना आयोग उपाध्यक्ष बन्ने वा निर्वाचन जितेर अर्थमन्त्री बन्ने डा पौडेलको चाहना थियो । तर देउवाले चाहेजसरी सहज रुपमा डा भट्ट गभर्नर नभएपछि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर पौडेल गभर्नर बने ।

गभर्नर बन्ने चर्चा चलेका उनै डा. भट्टलाई अन्ततः राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

uae

सम्बन्धित खबर