२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

तत्कालीन नेतृत्वले जेनजी आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ : महावीर पुन

Nada
२०८२ चैत २४ गते १८:५१
Shares
तत्कालीन नेतृत्वले जेनजी आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ : महावीर पुन

काठमाडौँ : प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित विषयमा नेतृत्व तहले जिम्मेवारी स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

ncell

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रत्यक्ष रूपमा आदेश दिएको नदेखिए पनि नेतृत्वको हैसियतमा घटनाप्रति उत्तरदायित्व लिनुपर्ने बताएका हुन् ।

उनका अनुसार प्रशासनिक संरचनामा मातहतका निकायबाट भएका कमजोरीहरूको जिम्मेवारी अन्ततः नेतृत्वले नै वहन गर्नुपर्ने हुन्छ । त्यस सन्दर्भमा गल्ती भएको स्वीकार गर्नु र आवश्यक परे सार्वजनिक रूपमा क्षमायाचना गर्नु नेतृत्वको दायित्वभित्र पर्छ भन्ने उनले उल्लेख गरे ।

सांसद पुनले त्रुटि स्वीकार गर्दा व्यक्तिको प्रतिष्ठामा नकारात्मक असर नपर्ने भन्दै उत्तरदायी शासन प्रणालीका लागि जिम्मेवारी बोध आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

uae

सम्बन्धित खबर