२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयाघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

Nada
२०८२ चैत २४ गते १९:१७
Shares
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयाघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

काठमाडौँ : त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।

ncell

वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयाघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण हो ।

यस्ता उपकरण सार्वजनिक स्थानमा उपलब्ध हुनु आपत्‌कालीन स्वास्थ्य सुरक्षातर्फको ठुलो कदम भएको उनले बताए । महानगरपालिकाले यस कार्यको समन्वय र कार्यान्वयनका लागि हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया नेपाल र त्रिभुवन विमानस्थललाई धन्यवाद भनेको छ ।

uae

सम्बन्धित खबर