२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

भिभोको भी७० मोबाइल सार्वजनिक

Nada
२०८२ चैत २४ गते २०:५९
Shares
भिभोको भी७० मोबाइल सार्वजनिक

काठमाडौं : भिभोले आफ्नो लोकप्रिय भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ । यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ । नयाँ भी७०मा ५० मेगापिक्सल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ । 

ncell

लाइट कम हुँदा पनि राम्रो फोटो खिच्ने यस क्यामेराले प्रयोगकर्ताले महत्वपूर्ण क्षणहरू कैद गर्न सक्ने कम्पनीको दाबी छ । स्टेज कार्यक्रम वा पोट्रेट फोटो खिच्दा पनि यसले उत्कृष्ट विवरण र स्पष्टता प्रदान गर्ने जनाइएको छ । यसमा पहिलोपटक फोरके ६० फ्रेम प्रतिसेकेन्ड भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । एआई स्टेज मोडको सहयोगले १ गुणादेखि १० गुणा र २० गुणासम्म जुम गरेर पनि स्पष्ट दृश्य कैद गर्न सकिनेछ । 

भी७०मा एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियमएलोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंगप्रतिरोधी क्षमता पनि प्रदान गर्छ । फ्ल्याट डिस्प्ले विथ राउन्डेड कर्नर्स डिजाइनले आधुनिक र प्रयोगमैत्री अनुभव दिने कम्पनीको भनाइ छ । ६५ सय एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले लामो समयसम्म प्रयोग गर्न सकिने र छिटो चार्ज हुनेछ । 

uae

सम्बन्धित खबर