२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

इनड्राइभले चालकलाई २२ लाखको इन्धन सहयोग गर्ने

Nada
२०८२ चैत २४ गते २१:००
Shares
इनड्राइभले चालकलाई २२ लाखको इन्धन सहयोग गर्ने

काठमाडौं : इनड्राइभले नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना ड्राइभर पार्टनरहरूलाई सहयोग गर्न २२ लाख रुपैयाँबराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

ncell

नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै हजारौं चालकहरूका लागि यो महत्वपूर्ण रोजगारीको स्रोत बनेको छ । साथै, यात्रुहरूले पनि सहज र किफायती यातायात सेवा उपभोग गर्दै आएका छन् । तर पछिल्लो समय इन्धन मूल्यमा भएको निरन्तर वृद्धिले चालकहरूको सञ्चालन खर्च बढाएको छ, जसले उनीहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

अर्कोतर्फ, यात्रुहरू पनि भाडा वृद्धिप्रति संवेदनशील रहेको अवस्थामा बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ । बढ्दो सञ्चालन लागतलाई ध्यानमा राख्दै इनड्राइभले वैशाख २ गतेदेखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो कार्यक्रममार्फत इन्धन मूल्य वृद्धिबाट प्रभावित चालकहरूको आर्थिक भार कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर