
काठमाडौं : केएल दुगर ग्रुपको ‘ज्ञान मसला’ले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान् बनाउने र नयाँ पुस्ताका उपभोक्तासँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम राखेको छ । कम्पनीको अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको छ, र वर्षौंदेखि घरघरमा विश्वासिलो नामका रूपमा चिनिन्छ ।
‘स्वस्तिमा खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । उहाँको दर्शकसँगको बलियो सम्बन्धले उहाँलाई हाम्रो ब्रान्डका लागि उत्कृष्ट प्रतिनिधि बनाएको छ । ‘हामी आफ्ना मूल मान्यताहरूमा अडिग रहँदै अगाडि बढिरहँदा उहाँसँगको सहकार्य झन् अर्थपूर्ण हुने विश्वास लिएका छौं,’ केएल दुगर ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगरले भनिन् ।
ज्ञान मसलासँग जोडिन पाउँदा नायिका स्वस्तिमा खड्काले खुसी व्यक्त गरिन् । लामो समयदेखि विभिन्न खाद्यान्नको रूपमा आफ्नो घरमा पनि रहेको यस ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तासँग पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने उनले बताएकी छिन् । कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ प्रकारका मसला उत्पादनहरू बजारमा सार्वजनिक गरिरहेको छ, जसले बजारको मागअनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्ने लक्ष्य लिएको छ । हाल, ज्ञान मसला १४ विभिन्न प्रकारमा उपलब्ध छ ।