२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग छलफल

Nada
२०८२ चैत २५ गते १४:०६
Shares
प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग छलफल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका हुन् । 

ncell

सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदूतहरूसँग प्रधानमन्त्री शाहले छलफल गरे । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

uae

सम्बन्धित खबर