२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सडक सुरक्षा सुधारको कार्य तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण

Nada
२०८२ चैत २५ गते १४:०६
Shares
सडक सुरक्षा सुधारको कार्य तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ : रास्वपाकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारको कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

ncell

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा बर्षेनि हजारौँ नागरिकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

जलेश्वर बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसइई परीक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले सडक सुरक्षा सुधारका माग गरेकी हुन् ।

सांसद मियाँले भनिन्, ‘एसइई परीक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन भाइहरू जलेश्वर बर्दिवास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउन बाध्य भए । अन्य केही घाइते भएका छन् । यो केवल दुर्घटना होइन, यो हाम्रो प्रणालीको कमजोरीको परिणाम हो। ती तीन बालकहरूले केवल आफ्नो ज्यान मात्रै गुमाएका छैनन्। एउटा परिवारको आशा, सपना र भविष्य नै समाप्त भएको छ ।’

‘अब प्रश्न उठ्छ यस्ता घटना किन दोहोरी रहन्छन् ? हामी कहिलेसम्म दुर्घटना भयो भन्दै बस्ने ? यस सन्दर्भमा म सरकारलाई केही नीतिगत मागहरू राख्न चाहन्छु । सडक सुरक्षाको तत्काल सुधार, जलेश्वर बर्दिबास जस्ता जोखिमयुक्त सडक खण्डमा स्पिड नियन्त्रण, साइन बोर्ड, सडक मर्मत र प्रकाशको उचित व्यवस्था गरियोस्,’ उनले भनिन् ।

कडा ट्राफिक कार्यान्वयन, लाइसेन्स बिना सवारी चलाउने, ओभर स्पिड र ट्राफिक नियम उल्लंघनमा कडाइका साथ कारबाही हुनुपर्ने उनको माग थियो ।

uae

सम्बन्धित खबर