२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मै पाइने

Nada
२०८२ चैत २५ गते १४:३८
Shares
एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मै पाइने

काठमाडौं : एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई लक्षित गर्दै अनलिमिटेड डेटा र कलसहितको नयाँ कम्बो प्याक सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा ल्याइएको उक्त प्याकमा ग्राहकले २८ दिनसम्म निरन्तर सेवा उपयोग गर्न सक्नेछन् ।

ncell

कम्पनीका अनुसार यसअघि उपलब्ध रु १९९९ पर्ने अनलिमिटेड सेवा प्याकको तुलनामा नयाँ प्याकको शुल्क करसहित रु ६९९ कायम गरिएको छ, जसले करिब ६५ प्रतिशतसम्म मूल्य घटाएको देखिन्छ ।

नयाँ प्याकअन्तर्गत ग्राहकले जुनसुकै नेटवर्कमा अनलिमिटेड कल, अनलिमिटेड डेटा र दैनिक १०० वटा एसएमएस सुविधा पाउनेछन् । साथै, लायन्गेट पेमा निःशुल्क पहुँचसमेत उपलब्ध गराइएको छ, जसबाट प्रयोगकर्ताले विभिन्न हलिउड फिल्म, टिभी शो र ओरिजिनल कन्टेन्टहरू हेर्न सक्नेछन् ।

ग्राहकले *१२३# डायल गरी, एनसेल एपमार्फत वा नजिकैका एनसेल सेन्टर तथा पसलबाट यो प्याक सजिलै खरिद गर्न सक्नेछन् ।

एनसेलका प्रमुख उपभोक्ता व्यापार अधिकृत उपाङ्ग दत्ताका अनुसार दूरसञ्चार सेवाको बढ्दो माग र कनेक्टिभिटीको महत्वलाई ध्यानमा राख्दै यो योजना ल्याइएको हो । उनका अनुसार यो प्याकले सेवा लागत घटाउँदै ग्राहकलाई “बेस्ट भ्यालु” प्रदान गर्ने र डिजिटल जीवनशैलीलाई थप सहज बनाउने लक्ष्य राखिएको छ ।

कम्पनीले अनलाइनमार्फत कारोबार, अध्ययन, घरबाटै काम (वर्क फ्रम होम), गेमिङ र मनोरञ्जनजस्ता गतिविधिमा डेटा सेवाको आवश्यकता बढ्दो रहेकाले यस्तो प्याक उपयोगी हुने जनाएको छ । साथै, यसले डिजिटल सेवामा पहुँच विस्तार गर्ने सरकारी लक्ष्यलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

uae

सम्बन्धित खबर